मनोरञ्जन

ग्लोबल आइएमई लघुवित्त ढोरचौर शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री र झोला वितरण

ग्लोबल आइएमई लघुवित्त ढोरचौर शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री र झोला वितरण

​सल्यान, ५ जेठ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक उत्सवको अवसर पारेर सल्यानमा शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाको शाखा कार्यालय ढोरचौरको आयोजनामा सिद्धकुमाख गाउँपालिका वडा नं. ३ स्थित श्री निराजन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मंगलबार एक विशेष कार्यक्रमका बीच शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरिएको हो।
​ग्लोबल आइएमई लघुवित्त ढोरचौर शाखाका शाखा प्रमुख गणेश खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्री निराजन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी प्रमुख अतिथि रहनुभएको थियो।
​कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्टेसन कार्यालय टरिगाउँ, दाङका स्टेसन प्रमुख सतिस पौडेल उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी अतिथिहरूमा लक्ष्मी सनराइज बैंक ढोरचौर शाखाका शाखा प्रमुख दीपक अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष झुपलाल थापा र वर्तमान सदस्य अम्मर बहादुर थापा रहनुभएको थियो।
​कार्यक्रममा विद्यालयका कक्षा १ र कक्षा २ मा अध्ययनरत २६ जना छात्रछात्राहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूले संयुक्त रूपमा शैक्षिक सामग्री र स्कूल झोला हस्तान्तरण गर्नुभएको थियो।
​संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यार्थीहरूको शैक्षिक जग बलियो बनाउने र अध्ययनमा प्रोत्साहन मिल्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको ढोरचौर शाखाले जनाएको छ।
​विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक तथा लघुवित्तका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन ढोरचौर शाखाका कर्मचारी कमल वलीले गर्नुभएको थियो।

२०९ पटक हेरीएको

सम्बन्धित समाचार