फोटो ग्यालरी

पतञ्जलि योग साधना केन्द्र गुलरिया दाङ को नवौँ वार्षिकोत्सव तथा सत्सङ्ग कार्यक्रम घोराहीमा सम्पन्न

पतञ्जलि योग साधना केन्द्र गुलरिया दाङ को नवौँ वार्षिकोत्सव तथा सत्सङ्ग कार्यक्रम घोराहीमा सम्पन्न

पतञ्जलि योग साधना केन्द्र गुलरिया दाङ को नवौँ वार्षिकोत्सव तथा सत्सङ्ग कार्यक्रम आज घोराही मा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले योग मानव जीवनका लागि अपरिहार्य रहेको उल्लेख गर्दै सकारात्मक ऊर्जा प्राप्त गर्न सबैका लागि योग आवश्यक रहेको बताएका थिए। उनीहरूले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन र समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गराउन योगको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि पतञ्जलि योग समिति लुम्बिनी प्रदेश का सदस्य तथा दाङ इञ्चार्ज उदय बहादुर डाँगी ले योगीहरू समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम भएकाले स्वयं योगीको आचरण पनि अनुकरणीय हुनुपर्ने बताउनुभयो। उहाँले जीवनमा कुनै पनि कुरा स्थायी नहुने उल्लेख गर्दै सत्य र सही मार्गमा हिँड्ने व्यक्तिले मात्र स्थायित्व प्राप्त गर्ने धारणा राख्नुभयो।

केन्द्रका अध्यक्ष कमलमणि पोख्रेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका सचिव खड्ग शर्मा ले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कमला भुसाल ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

केन्द्रका सदस्य नुमलाल पाण्डेय को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रका कनिष्ठ सदस्य बालकृष्ण ओली लाई स्थानीय कृषि सेवा पाँचौँ तहमा नाम निकाल्न सफल भएको अवसरमा बधाई तथा सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी केन्द्रका सल्लाहकार भरतमणि अधिकारी ले आफ्नो जन्मदिनको अवसरमा देवयज्ञ सम्पन्न गर्नुका साथै उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा पतञ्जलि योग जिल्ला कार्य समिति दाङ का वरिष्ठ उपाध्यक्ष केतनारायण आचार्य, वरिष्ठ महिला उपाध्यक्ष विष्णा भुसाल, जिल्ला सचिव सुबोध रेग्मी, नगर महासचिव नारायण प्रसाद शर्मा, पतञ्जलि योग समिति घोराही–१७ का अध्यक्ष बोधी प्रसाद पुन, राप्तिहल केन्द्र की अध्यक्ष मीना बिष्ट तथा गुलरिया केन्द्रकी संस्थापक अध्यक्ष एवं सल्लाहकार भगवती शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

४५ पटक हेरीएको

सम्बन्धित समाचार