समाचार

अब ट्वीटरमा अडियो र भिडियो कल गर्न सकिने

अब ट्वीटरमा अडियो र भिडियो कल गर्न सकिने

एलन मस्‍कले ट्वीटर (एक्स) मा अडियो र भिडियो कल गर्न मिल्ने सुविधा थप्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्।

ट्वीटरका प्रमुख मस्कले ट्वीटरमा लेख्दै फोन नम्बर नै आवश्यक नपर्ने गरी यस्तो सुविधा प्राप्त हुने जनाएका छन्। जुन विशेषता विशेष रहेको समेत उनले जनाएका छन्।

ट्वीटरलाई परिवर्तन गरेर एक्सका रुपमा यसमा काम गरिरहँदा मस्कले नयाँ नयाँ सुविधाहरू पनि थप्दै लगिरहेका छन्। टेक्स्ड बेस्ट सामाजिक सञ्जालका रुपमा चिनिएको माध्यमलाई व्यापक बनाउँदै मस्कले अडियो भिडियो कल गर्न मिल्ने अवस्थासम्म लग्न लागेका हुन्। त्यसका लागि आवश्यक तयारी र परीक्षणहरू भइसकेको छ।

ट्वीटर डीएम फिडको दाहिनेतिर माथिल्लो भागमा दिइने कल संकेतमा क्लिक गरेर सजिलै भिडियो कल गर्न सकिने उल्लेख गरिएको छ। यस्तो सुविधा आईओएस, एन्ड्रोइड, म्याक र पीसीमा उपलब्ध हुने मस्कले जनाएका छन्।

२११ पटक हेरीएको

सम्बन्धित समाचार