समाचार

भारतले आज धौलीगंगा बाँधको ढोका खोल्ने

भारतले आज धौलीगंगा बाँधको ढोका खोल्ने

१८ भदौ, भारत । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधको ढोका भारतीय पक्षले आज खोल्ने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले आज बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बाँधको ढोका खोल्ने गरी जिल्ला प्रशासन कार्यालय बैतडीलाई जानकारी दिएको छ ।

बाँधको ढोका खोल्ने समयमा र पछि पानीको बहाव बढ्न सक्ने भएकाले महाकाली नदीको क्याचमेन्ट क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

वर्षायाममा बाँधमा पानीको बहाव बढेपछि सरसफाईका लागि पानी छोड्न बाँध खोल्न लागिएको बताइएको छ ।

महाकाली नदीमा पानीको बहाव बढेर बाढी आउन सक्ने भएकाले नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित बस्न आग्रह गरिएको छ ।

नदीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका स्थानीयलाई यस समयमा नदी किनारमा नजान सचेत गराइएको छ । भारतीय अधिकारीहरूले हरेक वर्ष मनसुनमा यो आयोजनाको बाँध खोल्ने गर्छन् ।

भारतीय टोलीले जुलाई ११, जुलाई २२ र अगस्ट १७ मा पनि खेलको ढोका खोलेको थियो ।

२०१३ मा धौलीगंगा बाँध खुलेपछि आएको बाढीले सदरमुकाम दार्चुलामा अर्बौंको धनमालको क्षति हुनुका साथै सयभन्दा बढी घर डुबानमा परेका थिए ।

२२० पटक हेरीएको

सम्बन्धित समाचार