अर्थ

भारतमा चिनीको मूल्य बढेर ६ वर्षयताकै उच्च विन्दुमा: नेपालमा पनि असर

भारतमा चिनीको मूल्य बढेर ६ वर्षयताकै उच्च विन्दुमा: नेपालमा  पनि असर

भारतमा चिनीको मूल्य बढेर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । विगत १५ दिनमा नै भारतमा ३ प्रतिशतभन्दा बढीले महंगिएकाे हाे । भारतका प्रमुख चिनी उत्पादक क्षेत्रमा पानी नपरेपछि आगामी सिजनमा उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएकाे हाे ।

भारतीय सञ्चारमाध्यमका अनुसार गाेंलभेडा र प्याजको भाउमा केहि राहत पाउनासाथ अब चिनीको मूल्य बढेपछि नागरिकहरूमा फेरि समस्या फेरि बढ्ने भएको छ । चिनीकाे मूल्यवृद्धिकाे असर नजिकिँदै गरेका चाडपर्वमा देखिने भएकाे हाे । नेपालमा पनि यसकाे सिधै असर देखिने भएकाले उपभाेक्ताहरू महंगीकाे मारमा पर्ने भएका छन् ।

नेपालले गत वर्ष ९५ लाख २१ हजार ५९४ किलाे चिनी भारतबाट आयात गरेकाे थियाे । उक्त परिमाणको चिनी किन्न नेपालले गत वर्ष ३२ करोड ५ लाख ६१ हजार रूपैयाँ खर्च गरेको थियो ।

गत महिना अर्थात् साउनमा मात्र नेपालले भारतबाट चार लाख ४६ हजार ४९१ किलो चिनी आयात गरेको छ । उक्त परिमाणाको चिनी किन्न नेपालले गत महिना एक करोड ५० लाख पाँच हजार रूपैयाँ खर्च गरेको थियो ।

अहिले नेपालमा चिनीकाे खुद्रा मूल्य प्रतिकिलाे १०५ रूपैयाँ पर्ने गरेकाे छ ।

१८० पटक हेरीएको

सम्बन्धित समाचार