अर्थ

परिवर्तन गाउँपालिकामा वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण हुने

परिवर्तन गाउँपालिकामा वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण हुने

रोल्पा, परिवर्तन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई लाभग्राहीमैत्री बनाउन वडा कार्यालयमै वितरण गर्ने व्यवस्था गरेको छ।

गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीहरूको रोहबरमा वडा कार्यालयमै भत्ता वितरण गरिने भएको हो। यसका लागि बैंक र वडा कार्यालयबीच सहकार्यमा आवश्यक तयारी पूरा गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म बिहान १२ बजेपछि वितरण गरिनेछ।

गाउँपालिकाले लाभग्राहीहरूलाई आफ्नो नागरिकता प्रमाणपत्र र भत्ता परिचयपत्र साथमा ल्याउन तथा तोकिएको मितिमा वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ।

४३७ पटक हेरीएको

सम्बन्धित समाचार