“नेपाली हामी रहौला कहाँ, नेपालै नरहे” भन्ने मूल नाराका साथ रोल्पाको माडी गाउँपालिकामा Gen-z युवा कार्यसमिति गठन गरिएको छ। स्थानीय युवाहरूको पहिलो भेलाले २० सदस्यीय कार्यसमिति गठन गरेको हो।
नवगठित समितिको अध्यक्षमा प्रकाश ओली, उपाध्यक्षमा मिलन सुनार, सचिवमा आभास खड्का, उपसचिवमा पंकज महर, कोषाध्यक्षमा तारा प्रकाश ओली र प्रवक्तामा कमल खड्का (STAR) चयन भएका छन्।
यस्तै, समितिको प्रमुख सल्लाहकारमा आयम घर्तिमगर रहेका छन्। भेलामा उपस्थित युवाहरूले स्थानीय स्तरमा सिर्जनात्मक अभियान, सामाजिक नेतृत्व र राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ समिति गठन गरिएको बताएका छन्।
४५१ पटक हेरीएको
टेक मगर