अर्थ

बाल विकास आधारभूत विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

बाल विकास आधारभूत विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

रोल्पा।।। रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी भुल्टुङस्थित बाल विकास आधारभूत विद्यालयले आइतबार आफ्नो ३७ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी र नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य भीमप्रकाश पुन विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक वीरबहादुर केसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक खडक वलीले प्रस्तुत गर्नुभएको थियो।

समारोहमा विद्यालय स्थापना कालदेखि विभिन्न समयमा योगदान पुर्‍याउने पहलकर्ताहरू, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई सम्मान र बधाई प्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा पैसारु नाच, आमा समूह, युवा तथा बाल क्लब, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी, अभिभावक र जग्गादाता लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

४४१ पटक हेरीएको

सम्बन्धित समाचार