मुख्य समाचार

घर देखि सम्पर्क बिहिन युवा जंगलमा मृत फेला

घर देखि सम्पर्क बिहिन युवा जंगलमा मृत फेला

रोल्पा, असोज २२ /  त्रिवेणी गाउँपालिका–७ गैरिगाउँका अन्दाजी १८ वर्षीय कमानसिंङ घर्तीको शव फेला परेको छ । घर्ती गत आईतबारदेखि बेपत्ता थिए, खोजी गर्ने क्रममा घरनजिक रहेको जब्रिखोलाको जंगलमा झुन्डिएको अवस्थामा दिउँसो ३ बजेतिर शव फेला परेको त्रिवेणी गाउँपालिका कार्यपालिका सदस्य सम्झना तिरुवाले दिनुभएको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय होलेरी इन्स्पेक्टर सरोज प्रजापति नेतृत्वको टोली खटिएको छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि रोल्पा जिल्ला अस्पताल रेउघा लैजाने तयारी गरेको छ । घर्तीको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धानबाट सबै कुरा यकिन हुने प्रहरीले जनाएको छ ।

८१७ पटक हेरीएको

सम्बन्धित समाचार