मुख्य समाचार

थारु समुदायले परम्परागत रुपमा कृष्ण जन्माष्टमी मनाउँदै

थारु समुदायले परम्परागत रुपमा कृष्ण जन्माष्टमी मनाउँदै

भदौ २०, काठमाडौँ । कञ्चनपुरको थारु समुदायले अष्टम्की (श्रीकृष्ण जन्माष्टमी) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।

पर्वलाई समुदायले आ–आफ्नो तरिकाले मनाउने गर्छन् । घर–घरमा भगवान् श्रीकृष्णको पूजा–आराधनासँगै मानव जीवनको जन्मदेखि मृत्युसम्मको चित्र कोरेर पूजा–आराधना गरेर पर्व मनाउने गर्छन् ।

चित्र बनाउने र पूजा गर्ने चलन युगौंदेखि चलिआएको छ । अष्टिम्कीका अवसरमा समुदायका घरघरमा भेटघाटमा मानिसको जन्मदेखि मृत्युसम्मको जीवनचक्र तस्विरमार्फत देखाइएको स्थानीयवासी रामप्रसाद चौधरीले बताए । यस अवसरमा महिला र पुरुष दुवैले चित्र कोर्छन्। विशेषगरी उपवास बस्ने महिलाले यस्तो गर्छन् ।

उनले भने, ‘ब्रह्म मुहर्ता वा बिहानको शुभकालिन समयमा घरघरको बैठक कोठामा खाना खाएर थारु महिलाले आफ्नै हातले भगवान श्रीकृष्णको लोक चित्र कोर्छन् । आवश्यकता परेमा पुरुषले सिकाउँछन् ।

सो अवसरमा चन्द्रमा, सूर्य, माछा, लाठी, केकडा, सर्प, कुकुर, बाँदर, गँड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, ऊँट, कुखुरा, मयूर, बिच्छीलगायतका चित्र बनाइन्छ ।

“पहिले अष्टिमकीमा महिलाले मात्रै तस्बिर खिच्ने गर्थे, आजकल पुरुषले पनि तस्विर बनाउँछन्।” विगतमा ढुङ्गा, कपास र बाँसको डण्डीमा चामल र धानको भुसको टाँसिएर चित्र कोरिन्थ्यो। तर अहिले बजारमा पाइने विभिन्न रंगको प्रयोग हुने गरेको उनले बताए ।

मानव सभ्यताको सृष्टिदेखि नै कला सञ्चारको माध्यमका रूपमा रहँदै आएकोले थारु समुदायमा लोककलाको महत्त्व छ।

१६१ पटक हेरीएको

सम्बन्धित समाचार