नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन र यातायात सिङ्गो मानव सभ्यताको वर्जित भएकोले यसको विरुद्धमा व्यापक जनचेतना आवश्यक रहेको बताउनुभएको छ ।
मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीले न्यायपूर्ण र सुरक्षित समाजको निर्माणतर्फ अघि बढ्न यस अपराधविरुद्ध एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ । उनले मानव बेचबिखन रोक्नका लागि जुनसुकै प्रयासमा साथ दिन पार्टी प्रतिबद्ध रहेको बताए ।
उहाँले मानव बेचबिखन रोक्न भरपर्दो कानुनी आधार र संरचना निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
सन् २००७ मा मानव बेचबिखन विरुद्धको सार्क महासन्धि अनुमोदन भएको सम्झनामा नेपालले हरेक वर्ष सेप्टेम्बर ६ लाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रुपमा मनाउने गर्दछ ।
१५४ पटक हेरीएको