पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी तथा समर्थकले स्वागत गरेका थिए ।
एसिया कपको समूह ‘ए’ बाट खेलेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूहमा नेपालले पहिलो पटक विश्वको शीर्ष स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारत डकवर्थ लुइस नियमका आधारमा १० विकेटले पराजित भएको थियो ।
तर, पाकिस्तानको तुलनामा नेपालले भारतविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।
१८४ पटक हेरीएको