२२ भदौ, काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले साउन १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६०.७१६ किलो सुन बरामद गरेको थियो ।
बाराका शिवकुमार सराफलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार राति सर्राफलाई पक्राउ गरेको हो ।
योसँगै सुन काण्डमा पक्राउ परेकाको संख्या २७ पुगेको प्रहरीले जनाएको छ ।
अनलाइनमार्फत नक्कली रसिद पठाएर रु १० करोड ९५ लाख ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी हाल काठमाडौंको गोठाटार बस्ने ललितपुरको गोदावरी नगरपालिका–७ का २२ वर्षीय सुशन घिमिरे भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
घिमिरेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
१८६ पटक हेरीएको