२२ भदौ, काठमाडौं । वर्तमान सरकारले २०औँ निजामती सेवा दिवसको अवसरमा आज उत्कृष्ट कार्य सम्पादन गरेबापत विभिन्न निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्ने १० निजामती कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गरेका छन् ।
मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले धनकुटा जिल्लाका सिडिओ थानेश्वर गौतम, सहसचिव बुद्धिबहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल, प्रमुख प्रशासक मानबहादुर खड्का, राष्ट्रिय तथ्याङ्क कार्यालयका उपसचिव रामप्रसाद लम्साललाई सम्मान गरेका हुन् । , थापाथलीका सञ्चालक धुण्डिराज लामिछाने, आन्तरिक राजस्व अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिलकुमार केसी, मुगुका कोषागार नियन्त्रक लक्ष्मीकृष्ण हमाल र गैरराजपत्रित प्रथम श्रेणी अधिकृत शुभालक्ष्मी लामा रहेका छन् ।
अवार्डमा जनही १० लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी प्रधानमन्त्री दाहालले ३० निजामती कर्मचारीलाई नगद ५० हजारसहित निजामती सेवा पुरस्कार प्रदान गरेका छन् । अवार्ड पाउनेमा कान्ति बाल अस्पतालकी रोशनी लक्ष्मी टुइटुई, उपसचिव डा डमरु बल्लभ पौडेल, सहसचिव चुडाराम सापकोटा, इन्जिनियर किशोर पन्थी र अधिकृत नवराज तामाङ ब्लोन रहेका छन् ।
सो अवसरमा प्रधानमन्त्रीले १० निजामती कर्मचारीलाई गत वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गरेका थिए । उपसचिव दीपकप्रसाद खतिवडा, हरिप्रसाद ज्ञवाली, मुना शर्मा, शोभाखर रेग्मी, सन्तोष पौडेल, लीलकान्त पौडेल र शान्तिबहादुर बस्नेतलाई सम्मान गरिएको छ ।
त्यसैगरी गत वर्ष ३० निजामती कर्मचारी उत्कृष्ट कर्मचारी अवार्डबाट सम्मानित भएका छन् ।
पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन जारी गरेपछि निजामती सेवाको गठन भएको ६० वर्ष पूरा भए पनि २०६३ भदौ ७ गतेदेखि निजामती सेवा दिवस औपचारिक रुपमा मनाइँदै आएको छ ।
१७२ पटक हेरीएको