२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनवादी गणतन्त्र चीन भ्रमणअघि विज्ञ र सरोकारवालासँग परामर्श गरेका छन् ।
प्रधानमन्त्रीले आइतबार बिहान प्रमुख राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीसँग वार्ता गरेका थिए भने साँझ परराष्ट्र मामिलाका जानकार र पूर्वराजदूतसँग भेटघाट गरेका थिए ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भदौ १६ गते संयुक्त राज्य अमेरिका र त्यसपछि संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर अमेरिकाबाट चीन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका क्रममा छलफल हुने विभिन्न एजेण्डामा सहमति जुटाउन र साझा समझदारी गर्न विज्ञ र राजनीतिज्ञसँग परामर्श गरिरहेका छन् ।
सो अवसरमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी हुने र आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।
उनले भने, “आगामी चीन भ्रमणलाई फलदायी र प्रभावकारी बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो। मेरो चीन भ्रमणलाई फलदायी बनाउन तपाईंका सुझावहरू महत्त्वपूर्ण र सहयोगी छन्।”
सरकारले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध कायम गर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभाबाट सीधै चीन भ्रमणमा जाने कार्यक्रम रहेको बताउँदै उहाँले आफ्नो चीन भ्रमण नेपाल–चीन सम्बन्ध र दुई देशको आपसी हितलाई प्रगाढ बनाउने विषयमा केन्द्रित हुने बताउनुभयो ।
बैठकमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, विमला पौडेल राई, प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास वैराही, मुख्य सचिव डा वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेललगायतको उपस्थिति रहेको थियो ।
२१८ पटक हेरीएको