नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्व तल्लो तहसम्म पु¥याउनुपर्ने बताउनुभएको छ ।
आइतबार एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सहकारी संस्थाको महत्व गाउँ–गाउँमा किसानसम्म पु¥याउनुपर्ने बताए ।
सो अवसरमा ओलीले गरिबी मेटाउन ठूलो मात्रामा उत्पादनको बाटो रोज्नुपर्ने बताउँदै अभाव भएकालाई सहकारी संस्थाको मालिक बनाउनुपर्ने बताए । “गरीबलाई उसको श्रममा आधारित सहकारी संस्थाको साझेदार बनाउनुपर्छ, सहकारीमा परिवार र व्यक्तिको स्वामित्व सुनिश्चित गरिनुपर्छ,” ओलीले भने ।
अध्यक्ष ओलीले आफ्नो पार्टी राष्ट्रिय राजनीतिमा उभिएको भन्दै राष्ट्रिय राजनीतिमा देशको राजनीति विभाजित भएको तर्क गरे ।
त्यसैगरी, उनले कोरोना भाइरसको संक्रमणलगायत विभिन्न कारणले जोखिममा परेको भन्दै उद्यमीहरूको सम्पत्ति लिलाम नगर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । “अर्थतन्त्र धरासायी छ, व्यवसायीसँग सञ्चालनका लागि पूँजीको अभाव छ, उद्योग सञ्चालनका बीचमा उत्पादन हुन छाडेका छन्, यस्तो समयमा बैंकहरूले सम्पत्ति लिलामी गर्नु हुँदैन। बैंकहरूले सुधारका लागि समय दिनुपर्छ र थप सुनिश्चित गर्नुपर्छ । व्यवसाय सञ्चालनका लागि ऋण लिनुपर्छ,’ ओलीले भने ।
१३२ पटक हेरीएको