२४ भदौ, काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेका १७ जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आइतबार न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङसँग २४ करोड ६० लाख धरौटी मागेको छ ।
धरौटी बुझाउन नसके उनीहरुलाई जेल पठाइनेछ । धरौटी बुझाएपछि मात्रै उनीहरु रिहा हुनेछन् ।
अदालतले गुरुङसँग सबैभन्दा बढी २४ करोड ६० लाख धरौटी माग गरेको छ ।
यसैबीच अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ ।
२१३ पटक हेरीएको