गण्डकी

तारा एयरले अब पोखरा–जोमसोम नियमित उडान गर्ने

तारा एयरले अब पोखरा–जोमसोम नियमित उडान गर्ने

२५ भदौ, काठमाडौं । मौसम प्रतिकूल भएका कारण बन्द भएको पोखरा–जोमसोम उडान फेरि सुरू हुने भएको छ । तारा एयरले भाेलिदेखि यस रूटमा नियमित उडान गर्न लागेकाे हो ।

बिस्तारै मौसम अनुकुल भएपछि पर्यटक भित्रने माैसम पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हाे । मौसम प्रतिकुल नभए दैनिक ५ वटा उडानकालागि तारा एयरले तालिका मिलाईएकाे छ ।

तारा एयरले पोखराको पुरानो विमानस्थलबाट नै उडान भर्नेछ । तारा एयरले जोमसोम उड्नकालागि एक विमान पोखरामै रात्री बिसान गर्ने भएको छ ।

१३० पटक हेरीएको

सम्बन्धित समाचार