मुख्य समाचार

आज राष्ट्रिय बाल दिवस मनाइँदै

आज राष्ट्रिय बाल दिवस मनाइँदै

२९ भदौ, काठमाडौं । ५९औँ राष्ट्रिय बाल दिवस आज देशभर मनाइँदै छ । ‘हाम्रो भविष्यमा लगानी भनेको हाम्रा बालबालिकामा लगानी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको थियो । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा महासन्धि पारित गरेको थियो । यो दिनलाई बाल दिवसका रूपमा मनाउने गरिएको छ ।

नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रूपमा परिभाषित गरी बालबालिकाको सर्वाङ्गीण विकासको ग्यारेन्टी गरेको छ । संविधानले बाल संरक्षण, बाल संरक्षण, बाल विकास र बाल सहभागिता सम्बन्धी व्यवस्था पनि समेटेको छ ।

संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि, १९८९ र अन्य अन्तर्राष्ट्रिय दस्ताबेजमा भएको प्रतिबद्धता बमोजिम नेपाल सरकारले आफ्ना कानून र नीतिहरू तर्जुमा गरी कार्यान्वयन गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बालअधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संवैधानिक प्रत्याभूति भएको बालअधिकार कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

उनले बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वयात्मक भूमिकामा पनि प्रकाश पारे ।

बदलिँदो प्रविधि, सहरीकरण, विश्वव्यापी मूल्यमान्यता र परिस्थितिलाई ध्यानमा राख्दै बालअधिकारको प्रभावकारी संरक्षण र प्रवर्द्धन गर्न चुनौती देखिएको छ ।

१२३ पटक हेरीएको

सम्बन्धित समाचार