मुख्य समाचार

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क जाँदै

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क जाँदै

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए)को ७८औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी सेप्टेम्बर १६ शनिबार न्यूयोर्क प्रस्थान गरेका छन् ।

बिहीबार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।७८औँ संयुक्त राष्ट्रसङ्घको महासभाको विषयवस्तु ‘विश्वव्यापी ऐक्यबद्धताको पुनर्निर्माण र पुनर्निर्माण : गतिबिधि’ राखिएको छ । 2030 एजेन्डा र यसको दिगो विकास लक्ष्यहरूमा शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपनको लागि कार्य।”

त्यसैगरी प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिने र सेप्टेम्बर १९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।

न्यूयोर्कमा रहँदा उनले संयुक्त राष्ट्र संघको एसडीजी शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका अन्यलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालसँगै उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनेछन् ।

१९७ पटक हेरीएको

सम्बन्धित समाचार