बैँक / वित्त

काठमाडौंमा फर्निचर एक्स्पो सेप्टेम्बर २७ गतेदेखि हुने

काठमाडौंमा फर्निचर एक्स्पो सेप्टेम्बर २७ गतेदेखि हुने

असोज ५, काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो २०२३ को नवौं संस्करण सेप्टेम्बर २७ गतेदेखि काठमाडौंमा हुँदैछ । नेपाल फर्निचर तथा फर्निसिङ संघले बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पो पाँच दिनसम्म चल्ने जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङको स्वदेशी बजार प्रवद्र्धन गर्न र सम्पूर्ण वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शन गर्न एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए ।

‘देशमा आर्थिक गतिविधि सुस्त रहेको बेला यस एक्स्पोले आर्थिक गतिविधिलाई सार्थक बनाउन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ अग्रवालले भने ।

एक्स्पोमा थोक बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक लगायतका १०० भन्दा बढी स्टल राखिनेछन् ।एक्स्पोको मुख्य उद्देश्य स्वदेशी सामानको प्रवद्र्धन र बजारीकरणमा काम गर्ने रहेको आयोजकले जनाएको छ ।

१५३ पटक हेरीएको

सम्बन्धित समाचार