असोज ५, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले नेपाललाई १–० ले हराएको हो । पाकिस्तानका लागि अली जफरले गोल गरे । खेलको ७६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
आजको खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ ।
यस्तै नेपालले सोमबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल समूह ‘ए’ मा छ । समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान छन् । दुई समूहका शीर्ष दुई टोलीले च्याम्पियनसिपमा सेमिफाइनल खेल्नेछन् ।
२३० पटक हेरीएको