मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० घाइते

बाँकेको बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० घाइते

असोज ५, बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु जुभेनाइल सेन्टरमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

झडपमा रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ । त्यसैगरी केन्द्रमा तोडफोड र आगजनी गरिएको छ ।

अहिले केन्द्रमा प्रहरी परिचालन गरिएको छ ।

१३३ पटक हेरीएको

सम्बन्धित समाचार