हाईलाइट

आज शिक्षकसँगको वार्ता टुंग्याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

आज शिक्षकसँगको वार्ता टुंग्याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

असोज ५, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज नै शिक्षकसँगको वार्ता यथाशीघ्र टुङ्ग्याउन सरकारको वार्ता टोलीलाई आवश्यक सुझाव र निर्देशन दिनुभएको छ ।

आज बिहान रक्षा मन्त्रालयमा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरकारको वार्ता टोली संयोजक, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा, मुख्य सचिव वैकुण्ठ अर्याल र विभागीय सचिवहरूसँग छलफल गरेका थिए ।

शिक्षकका जायज माग सम्बोधन गर्न सकेसम्म आजको वार्तालाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने विषयमा छलफल भएको थियो ।

१८७ पटक हेरीएको

सम्बन्धित समाचार