समाचार

चाडपर्वले संस्कृति जोगाउँछ : राष्ट्रपति पौडेल

चाडपर्वले संस्कृति जोगाउँछ : राष्ट्रपति पौडेल

असोज ११, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दीयौंदेखि चल्दै आएको इन्द्रजात्रा जस्ता अनुपम पर्वले संस्कृति र प्राचीन सभ्यताको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कुमारी इन्द्रजात्रा पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

इन्द्रजात्राको दिन कुमारी, गणेश र भैरवको रथ ओढाएर वर्षा र सहकालका देवता इन्द्रको पूजा गरिन्छ ।

राष्ट्रपति पौडेलले इन्द्रजात्राले देशका सबै जातजाति र भाषिक समुदायबीच सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

१९८ पटक हेरीएको

सम्बन्धित समाचार