असोज १२, काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरि परेको अविरल वर्षापछि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन ढिलो गरी फिर्ता हुन नसक्नुको कारण लामो समयसम्म वर्षा हुने गरेको छ ।
भारतको झारखण्डलाई केन्द्रविन्दु बनाएर मनसुन प्रणालीको अंश रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपाल रहेको छ । यस प्रणालीका कारण सिक्किमलगायत भारतका राज्यहरूमा भारी वर्षा भएको थियो।
तर, आजदेखि नेपालमा यसको प्रभाव कम हुन थालेकाले मौसममा सुधार आउने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातिदेखि काठमाडौं उपत्यकाको मौसममा सुधार आउने संकेत देखिएको छ । दिउँसो उपत्यकामा हल्का वर्षाको सम्भावना रहे पनि विगतका दिनमा जत्तिको भारी वर्षा हुने सम्भावना छैन । पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको तापक्रम घटेको छ ।
दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा आंशिक वर्षाको सम्भावना रहेको छ । साथै कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति परेसँगै कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
१७८ पटक हेरीएको