असोज १९, काठमाडौं । नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा स्वीट्जरल्याण्ड र युरोपेली संघका आवासीय राजदूत तथा स्विडेन, हंगेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रपति कार्यालयका अनुसार स्वीट्जरल्याण्ड र युरोपेली संघका नवनियुक्त आवासीय राजदूतमा क्रमशः डेनियल मेउली मोन्टेलोनी र लोरेन्जो भेरोनिक रहेका छन् ।
त्यस्तै, ज्यान ठेसलेफ़, इस्तवन सजाबो र डा. एलिसका जीगोवालाई क्रमशः स्विडेन, हंगेरी र चेक गणतन्त्रको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।
कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
१७८ पटक हेरीएको