असोज १९, काठमाडौं । राष्ट्रियसभाले विधान सम्बन्धी विधेयक, २०८० माथि विचार गर्ने प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उनले कानूनको स्पष्ट अभिलेख राख्न र कानून निर्माणमा एकरूपता कायम राख्ने उद्देश्यले विधेयक ल्याइएको बताए ।
राष्ट्रियसभाको अर्को बैठक असोज १० गते बस्नेछ ।
१८३ पटक हेरीएको