असोज १९, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा बेरोजगारी समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री महतले बजारको आवश्यकताअनुसार व्यावसायिक र सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए । मागमा आधारित तालिमले मात्रै रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उनको तर्क थियो ।
उनले रोजगारीका लागि नेपाली विदेश पलायन भएकाले महासंघले दक्ष जनशक्ति उत्पादन गर्न सक्ने बताए । मुलुकमा दक्ष जनशक्ति र रोजगारीको अवसर दुवैको अभाव हुनु चिन्ताजनक छ । मन्त्री महतले श्रम विभाग, वैदेशिक रोजगार विभाग, निजी क्षेत्रलगायतका धेरै संस्थाले तालिम दिँदै आए पनि नतिजामुखी हुन नसकेको टिप्पणी गरे ।
सो अवसरमा महासङ्घका अध्यक्ष अच्युत नेपालले जनशक्तिको माग र आपूर्तिबीचको खाडल पूरा गर्न महासंघले सरकारको साझेदारीमा सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
१९९ पटक हेरीएको