असोज १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, हित र पेशा विकासमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमणको आफूले गम्भीर ध्यानाकर्षण भएको बताए । ‘चिकित्सकसँग छलफल गरेर समस्या समाधानका लागि सरकारले कानुनी उपायका लागि गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘संवेदनशील क्षेत्रविरुद्ध हुने असुरक्षित गतिविधिलाई रोक्न सरकार प्रतिबद्ध छ ।
उहाँले सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई आफ्नो पेशामा आत्मविश्वास र विश्वासका साथ क्रियाशील हुन आग्रह गर्नुभयो । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न र देशभित्रै जनशक्तिलाई रोजगारी दिन सरकार लागेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारको परिपूर्ति गर्नुपर्ने पनि स्मरण गराए । उनले गरिब, विपन्न र पिछडिएका समुदायलाई अधिकार र अवसर सुनिश्चित गर्न सम्बन्धित सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए ।
साथै, चिकित्सा विज्ञानको उच्च अध्ययन र अनुसन्धानका लागि दक्ष जनशक्ति उत्पादन गर्न र नागरिकलाई उचित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन न्याम्सको स्थापना गरिएको प्रधानमन्त्रीले बताए ।
“वीर अस्पताल नेपालको सबैभन्दा पुरानो र ठूला अस्पतालहरू मध्येको एक हो, त्यसैगरी काठमाडौं उपत्यकामा राष्ट्रिय ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पस तथा इन्स्टिच्युट सञ्चालन र त्यस्ता स्वास्थ्य संस्था र प्रतिष्ठानहरू उपत्यका बाहिर पनि चिकित्सा अध्ययन र स्वास्थ्यसम्बन्धी उच्च शिक्षाका लागि विस्तार भएको देखाइएको छ । नेपालले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा गुणात्मक र मात्रात्मक फड्को मारेकोमा प्रधानमन्त्री दाहालले खुशी व्यक्त गरे ।
न्याम्सका कुलपति प्रधानमन्त्री दाहालले वीर अस्पताललाई विस्तार र सुविधासम्पन्न बनाउन सरकारले थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले गरिब तथा असहाय जनताका लागि देशभर ३ हजार ५२३ वटा अस्पताल नि:शुल्क उपलब्ध रहेको जानकारी पनि दिए ।
सो अवसरमा न्याम्सबाट ५ सय ४१ मेडिकल स्नातक र स्नातकोत्तर उत्तीर्ण भएकाहरुलाई सम्मान गरिएको थियो ।
१६१ पटक हेरीएको