पोखरा : गण्डकी प्रदेशको अध्यक्षमा नेकपा एमाले गण्डकीका पृथ्वीसुब्बा गुरुङ प्यानलका नवराज शर्मा निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरका अनुसार शर्माले ५३१ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी स्थायी समिति सदस्य मायानाथ अधिकारीलाई ३ सय ६५ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा मीनबहादुर गुरुङले ५३४ मत प्राप्त गरी प्रतिद्वन्द्वी बाबुराम विश्वकर्मालाई ३६२ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा धनन्जय दवाडीले ५२० मत ल्याई आफ्नो प्रतिद्वन्द्वी रश्मी आचार्यले ३ सय ७६ मत प्राप्त गरे ।
उपसचिवमा दमबहादुर विश्वकर्मा ४९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने ३९७ मत प्राप्त गरेका सन्तोष रावललाई पराजित गर्दै उपसचिवमा निर्वाचित हुनुभएको छ ।
कुल ९०७ योग्य मतदातामध्ये ८९६ जनाले ३३ मतदान मेसिन प्रयोग गरी निर्वाचनमा भाग लिएका थिए ।
१२१ पटक हेरीएको