असोज २०, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा गएको भूकम्पमा परी ज्यान गुमाएका प्रत्येक परिवारलाई दुई लाख दिने घोषणा गरेका छन् । रधानमन्त्री दाहालले आज बझाङको सदरमुकाम चैनपुर पुगेर सो घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकप्टरमा बझाङ गएर भूकम्पबाट भएको क्षति र भूकम्पपछिको अवस्था अवलोकन गरेका थिए । त्यस्तै प्रधानमन्त्री दाहालले पनि रु. भूकम्पबाट पूर्णरुपमा क्षति भएका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराइने भएको छ ।
त्यसैगरी भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप तत्काल राहतका लागि १५–२० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।
६.३ रेक्टर स्केलको भूकम्पमा परी घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
२८६ पटक हेरीएको