मुख्य समाचार

एमालेको मध्यपहाडी अभियान आजबाट सुरु हुँदैछ

एमालेको मध्यपहाडी अभियान आजबाट सुरु हुँदैछ

१४ मंसिर, काठमाडौं । नेकपा (एमाले)ले आजदेखि मध्यपहाडी लोकमार्ग हुँदै मेची महाकाली पदयात्रा निस्कने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैतडीको झुलाघाटमा उद्घाटन कार्यक्रम हुने भएको छ । बिहीबार बिहान हुने उद्घाटन कार्यक्रमको तयारीका लागि अध्यक्ष ओली बुधबार बैतडी पुगेका हुन् । उनको साथमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेलगायत छन् । ‘समृद्धिका लागी संकल्प यात्रा’ नाम दिइएको एमालेको यात्रा मध्य पहाडी लोकमार्ग हुँदै बैतडीको झुलाघाटबाट निस्कनेछ । बैतडीभर एमालेले पार्टीको झण्डा र जीवन्त सजावटले परिदृश्य सजाएको छ ।

बैतडी सदरमुकाम गोठलापानीमा रात बिताइसकेका अध्यक्ष ओली बिहान ९ बजे पदयात्राको उद्घाटन गर्ने तयारीमा छन् । नेपालको पश्चिमी विन्दु झुलाघाटमा झण्डा फहराएर यात्राको शुभारम्भ हुनेछ । एमालेको योजनाअनुसार मध्यपहाडी लोकमार्गको १ हजार ८ सय ७९ किलोमिटरको पदयात्रा पाँचथरको चिवा भञ्ज्याङमा समापन हुनेछ । १९ दिनको यात्रा काठमाडौंमा टुंगिने अनुमान गरिएको छ ।

एमालेले प्रचारप्रसारका क्रममा विभिन्न स्थानमा जनसभा गर्नेछ ।

१४६ पटक हेरीएको

सम्बन्धित समाचार