असोज २६, काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटपाट गर्ने गिरोहका एक सदस्य घाइते भएका छन् । गिरोहका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घलान घाइते भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
‘लुटेराहरुको समुहले हाम्रो प्रहरी टोलीलाई आक्रमण गरेपछि प्रहरी टोलीले जवाफी फायरिङ गर्दा घलान घाइते भएका छन्,’ उनले भने । घाइते घलानको एएनएमएस अस्पताल जोरपाटीमा उपचार भइरहेको छ ।
घटनामा संलग्न शान्ता लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुको साथबाट सात गोली, एक थान पेस्तोल र दुईवटा मोटरसाइकल समेत बरामद गरेको एसपी रेग्मीले जानकारी दिए ।
१९७ पटक हेरीएको