असोज २६, काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएको सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल (रेशमबहादुर महरा) सहित चार जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
संगठित अपराध, भन्सार छली लगायतका कसुरमा कपुरधारा बस्ने बेल्जियमका राहुल महरा, काठमाडौंका लोकेन्द्रकुमार पौडेल, कपुरधारा निवासी दावा छिरिङ र काठमाडौंकी निमा गुरुङविरुद्ध मुद्दा दायर भएको छ । अच्युतमणि न्यौपाने ।
आरोपित निमा हाल फरार छन् भने दावामाथि पनि ६१ केजी सुन तस्करीमा संलग्न रहेको आरोप छ । गत वर्ष दुबईबाट भ्यापमा लुकाएर करिब नौ किलो सुन तस्करी भएको थियो ।
१३१ पटक हेरीएको