असोज २८, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् ।
प्रारम्भिक चरणमा नेपाली कांग्रेस र नेकपा एमालेबाट एकजना मन्त्री मन्त्रिपरिषद्मा समावेश हुनेछन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आइतबार कम्तिमा तीन र बढीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने पुष्टि गरेकी छन् ।
आइतबार सार्वजनिक बिदा भएकाले सोमबार कार्यालय खुलेलगत्तै मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराउने छ । भण्डारीले भने, ‘बुधवार नै विश्वासको मत लिने सहमति भएको छ,’ उनले थपे, ‘ढिलाइ भए विश्वासको मतको निर्णय बिहीबारसम्मका लागि सारिनेछ ।
कोशी प्रदेशको सभामुख नेकपा एमालेले र उपसभामुखको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने स्रोतले जनाएको छ ।
२०१ पटक हेरीएको