मुख्य समाचार

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको छेन्दु पुगे

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको छेन्दु पुगे

असोज ३०, छेन्दु । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको छेन्दु पुगेका छन् ।

जनसुरक्षामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा गएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठलाई छेङ्दुको तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्तको इकोलोजी तथा वातावरण विभागका महानिर्देशक यु वेयान र चीनको छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत मनहरी दङ्गालले स्वागत गरेका थिए । डीपीएमले चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, उपप्रधानमन्त्री पोखरेलले असोज १७ र १८ गते हुने हरित विकास उच्चस्तरीय मञ्चको नीति तथा प्रगतिबारे छलफललाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दैछन् । उपप्रधानमन्त्री तथा चिनियाँ जनसुरक्षामन्त्री वाङबीच द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजमा श्रेष्ठ पनि सहभागी हुने कार्यक्रम छ । बीआरआईको एक दशक पूरा भएको बिआरआई कार्यान्वयन र प्रगतिको समीक्षा गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । चीनले सन् २०१७ र २०१९ मा यस्ता सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा करिब तीन दर्जन देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत सहभागी छन् ।

२४६ पटक हेरीएको

सम्बन्धित समाचार