मुख्य समाचार

एनआरएनको ज्ञान, सीप र पूँजीलाई सरकारले प्रोत्साहन गर्ने: अर्थमन्त्री महत

एनआरएनको ज्ञान, सीप र पूँजीलाई सरकारले प्रोत्साहन गर्ने: अर्थमन्त्री महत

कार्तिक १, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली (एनआरएन)को ज्ञान, सीप र पूँजीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा मंगलबार बोल्दै अर्थमन्त्रीले नेपालको आर्थिक वृद्धिका लागि एनआरएनले सम्भावित क्षेत्रका रूपमा पहिचान गरेका क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

जलविद्युतको विकासबाट देशलाई समृद्धिको बाटोमा लैजान सकिने कुरा दोहोर्‍याउँदै डा महतले मातृभूमिको विकासका लागि गैरआवासीय नेपालीले लगानी गर्नुपर्ने बताए । उनले कानुनले प्रतिफल सुनिश्चित गरेकोले ढुक्क भएर लगानी गर्न एनआरएनलाई आग्रह पनि गरे ।

१५८ पटक हेरीएको

सम्बन्धित समाचार