कार्तिक १, काठमाडौं । नेपाली फुटबल टोली लाओसलाई हराउँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
लाओसको राष्ट्रिय रंगशालामा भर्खरै भएको खेलमा नेपालले लाओसलाई १–० ले हराएको हो ।
मनिष डाँगीले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाए । खेलको ५३ औं सेकेन्डमा गरेको गोल निर्णायक बनेको थियो । मनिषले अन्जन विष्टको असिस्ट पासमा गोल गरे ।
नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । योसँगै नेपालले विश्वकपको दोस्रो चरणमा समूह ‘एच’ का युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
१७४ पटक हेरीएको