समाचार

न्याय समाजको अध्यक्षमा मल्ल निर्वाचित

न्याय समाजको अध्यक्षमा मल्ल निर्वाचित

कार्तिक १, काठमाडौं । न्याय समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ । मंगलबार बसेको साधारणसभाले मल्ललाई समाजको अध्यक्षमा चयन गरेको हो । समाजको नयाँ कार्यसमितिलाई व्यवस्थापन समिति भनिन्छ ।

अन्यमा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ (उपाध्यक्ष), उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर (महासचिव), जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकाल (सचिव) र उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती (कोषाध्यक्ष) छन् ।

निर्वाचित सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, पूर्व न्यायाधीश शंकरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का छन् ।

समितिको कार्यकाल दुई वर्षको हुन्छ ।

१४२ पटक हेरीएको

सम्बन्धित समाचार