कार्तिक १, काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलबाट दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन् ।
इजरायलबाट उद्धार गरिएका १८ नेपालीलाई भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिल्ली विमानस्थलमा स्वागत गरेका छन् । राजदूत शर्माले सामाजिक सञ्जालमा भने, ‘हामीले उनीहरुलाई दिल्ली विमानस्थलमा स्वागत गर्यौं र नेपाल फर्कनका लागि यातायातको व्यवस्था गर्यौं ।
नेपाल सरकारले भारतीय विमानको सहयोगमा इजरायलबाट १८ नेपालीको उद्धार गरेको थियो । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार नेपाली नागरिकलाई इजरायलको तेलअभिभबाट भारतीय उद्धार उडानमार्फत स्वदेश ल्याइएको हो । मन्त्री साउदले नयाँदिल्लीस्थित नेपाली दूतावासले स्वदेश फर्किएका व्यक्तिलाई सुरक्षित नेपाल फर्काउन यातायातको व्यवस्था मिलाउने आश्वासन पनि दिए ।
२०४ पटक हेरीएको