कोशी

सहमतिको सरकार कोशीमा बन्छ : मुख्यमन्त्री कार्की

सहमतिको सरकार कोशीमा बन्छ : मुख्यमन्त्री कार्की

कार्तिक २, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार बन्ने बताएका छन् ।

बुधबार विश्वासको मत लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तिहारअघि नै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । प्रदेशमा धेरै चुनौति र समस्या रहेकाले सबै राजनीतिक दलको साथ र सहयोगमा सरकारले काम गर्ने मुख्यमन्त्रीले बताए । मुख्यमन्त्री कार्कीले वर्तमान सन्दर्भमा प्रदेशमा मन्त्रालयको संख्या नबढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभामा विभिन्न राजनीतिक दलले मेरो पक्षमा मतदान गरेकाले सरकार जिम्मेवार हुने उनले बताए । ‘संघीयतालाई सही ढंगले कार्यान्वयन गरेर दलहरुबीच विश्वास निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छु’, मुख्यमन्त्री कार्कीले भने ।

२२६ पटक हेरीएको

सम्बन्धित समाचार