कार्तिक ४, काठमाडौं । प्खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा बेच्ने खसी बोका र च्याङ्ग्राको मूल्य घटाएको छ ।
कम्पनीले आजदेखि लागू हुने गरी जिउँदो खसी र बोका दुवैको मूल्यमा प्रतिकिलो १० रुपैयाँ घटाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।
मूल्य घटाएसँगै अहिले जिउँदो बोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ र पहाडी च्याङ्ग्राको प्रतिकिलो १ हजार २२५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । दशैं पर्वलाई ध्यानमा राख्दै कम्पनीले असोज २ गतेदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालयबाट खसी बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।
१४८ पटक हेरीएको