कार्तिक ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा परराष्ट्र विशेषज्ञ डा रुपक सापकोटा नियुक्त भएका छन् ।
बिहीबार (अक्टोबर १९, २०२३) बसेको मन्त्रिपरिषद्को बैठकले डा सापकोटालाई उक्त पदमा नियुक्त गरेको हो । सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषय अध्यापन गर्दै आएका छन् ।
यसअघि उनले इन्स्टिच्युट अफ फरेन अफेयर्समा उपकार्यकारी निर्देशकका रुपमा काम गरेका थिए । उनले सन् २०१८ मा चीनको रेन्मिन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डक्टरेट उपाधि हासिल गरेका थिए।
प्रधानमन्त्री दाहालको भर्खरै चीन भ्रमणमा गएको उच्चस्तरीय प्रतिनिधिमण्डलमा परराष्ट्र मामिलाविज्ञका रूपमा डा सापकोटालाई समावेश गरिएको थियो ।
१७८ पटक हेरीएको