कार्तिक ४, काठमाडौं । पछिल्लो साता सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेपछि विश्व मुद्रास्फीतिको असर नेपाली बजारमा परेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमयदरमा आएको सुदृढताका कारण पहेंलो धातुको मूल्यमा वृद्धि भएको बताइएको छ ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन प्रतितोला ९६ हजार ८८० रुपैयाँमा बिक्रि भएको थियो भने अन्तिम कारोबार दिन शुक्रबार ९९ हजार २५ रुपैयाँमा प्रतितोला पुगेको थियो । इजरायल–प्यालेस्टाइन द्वन्द्व र अमेरिकी डलरको विनिमयदर सुदृढ हुँदै गएका कारण लगानीकर्ता सुनजस्ता सुरक्षित लगानीतर्फ लागेका हुन् । जसका कारण सुनको भाउ बढेको छ ।
द्वन्द्वका कारण कच्चा तेलको भाउ पनि ओरालो लागेको र यसले आगामी दिनमा सुनको भाउमा थप प्रभाव पार्न सक्ने विश्लेषकहरुको अनुमान छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार १९२ रुपैयाँ रहेकोमा साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ हजार २ सय रुपैयाँ रहेको थियो ।
१२६ पटक हेरीएको