कार्तिक ४, काठमाडौं । बडादशैंका अवसरमा आज देशभर परम्पराअनुसार घर–घरमा फूलपाती भित्र्याइँदैछ । बडादशैंको सातौं दिन दशैं घरमा शुभ मानिने विभिन्न बोटबिरुवाका फूल, पात र फलफूलको फूलपातीलाई अभिषेक गरिन्छ । दशैं घर हनुमानढोका दरबारमा अभिषेक गर्नका लागि वैदिक विधिअनुसार फूलपाती काठमाडौं भित्र्याइन्छ ।
हनुमानढोका दरबारमा गुरुज्युको पलटन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निजामती सेवाका उच्च पदस्थ अधिकारी, आशा गुर्जा टोली, ब्याण्ड संगीत, पञ्चेबाजा, सजाइएको कलस्यौली, सांस्कृतिक झाँकीसहितको र्याली। फुलपाती लिएर जमलबाट हनुमानढोकाको लागि प्रस्थान।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घरघरमा फुलपाती पुर्याउन शुभ घडी नलाग्ने जनाएको छ । घटस्थापनाबाट दशैं पर्व सुरु भए पनि फूलपातीको दिनदेखि नै दशैं पर्वको विशेष रमाइलो हुने गर्दछ ।
त्यसैगरी, गोरखा दरबारको दशैँघरबाट काठमाडौंको हनुमानढोका दरबारसम्म पु¥याउन फूलपातीसहितको डोली पठाइएको छ । दशैं घर, हनुमानढोका दरबारमा अभिषेक गर्न वैदिक विधिअनुसार फूलपाती काठमाडौं ल्याइन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट शासन सुरु गरेदेखि नै यस परम्पराको जरा गाडिएको हो । त्यसयता हरेक वर्ष नेपालीहरुको महान् चाड बडादशैंको सातौं दिन गोरखा दशैंघरबाट फूलपाती बोकेको पालखी पठाइन्छ । गोरखा दरबारका सहयोगीहरूले फूलपातीलाई सतिपीपलको फुलपाती चौतारा भन्ने ठाउँसम्म पुर्याउँछन् र त्यहाँबाट काठमाडौसम्म पुर्याउँछन्।
आजदेखि सबै सरकारी तथा निजी कार्यालयहरू बन्द भएकाले आ–आफ्नो पैतृक घरमा गएर दुर्गा भवानीको आशीर्वाद लिन र आआफ्ना बृद्धबृद्धाको आशीर्वाद लिन आग्रह गरेका छन् ।
१८५ पटक हेरीएको