कार्तिक १३, काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायलमा हमासको हमलामा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान गरेको छ ।
मृत्यु हुनेमा पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलारा रहेको र उनीहरुको नाम र राहदानी नम्बर दूतावासले सार्वजनिक गरेको छ । ज्यान गुमाउने १० जनामध्ये अहिलेसम्म ८ जनाको शव सनाखत भएको छ । दूतावासले उपलब्ध सबै स्रोतसाधन प्रयोग गरी हाल बेपत्ता रहेका विपिन जोशीको खोजी गरिरहेको छ ।
आक्रमणमा घाइते भएका चारमध्ये दुईजना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना नेपाल फर्किएका छन् भने एकजना दूतावासको निगरानीमा छन् । अस्पतालमा दुई जनाको अझै उपचार भइरहेको छ ।
१२८ पटक हेरीएको