कार्तिक १३, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले आइतबारदेखि काठमाडौं–बैंकक उडान सुचारु गरेको छ ।
कोभिड–१९ को महामारीपछि एयरलाइन्सले मार्च २५, २०२० देखि काठमाडौं–बैंकक उडान स्थगित गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले थाइ एयरवेज इन्टरनेसनलले उडान पुनः सुरु गरेको पुष्टि गरे ।
त्यसैगरी, थाई स्माइलको उडानले आजदेखि काठमाडौं उडान बन्द गरेको छ । थाई एयरवेज इन्टरनेशनलले सन् १९६८ को डिसेम्बरमा नेपालमा आफ्नो सेवा सुरु गरेको थियो। टीआईए कार्यालयले नेपालको अन्तर्राष्ट्रिय उडानहरू कोभिड-१९ पूर्वको स्थितिमा पुगेको बताएको छ।
१५९ पटक हेरीएको