रोजगार

कोइलाको अभावमा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

कोइलाको अभावमा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

कार्तिक १३, काठमाडौं । उद्योग महाप्रबन्धक बसन्तराज पाण्डेले दशैं पर्वको बिदा सुरु हुनुअघि नै उद्योग सञ्चालनमा आएको र सो अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको बताए । आर्थिक संकटका कारण तेस्रो मुलुकबाट कोइला किन्न नसक्दा उत्पादन बन्द गर्नुपरेको उनले बताए ।

उनका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिव संघीय सरकारलाई उद्योगको यो दयनीय अवस्थाबारे जानकारी गराइएको र सङ्घीय सरकारले आर्थिक सहयोग गरेमा उत्पादन सुचारु गर्न सकिने बताए ।

उनले काठमाडौंसहित विभिन्न सहरमा तीन लाख बोरा सिमेन्ट आपूर्ति गरी बिक्री गर्ने तयारी गरिएको र यसबाट प्राप्त हुने आम्दानी कोइला खरिदमा खर्च गरिने बताए ।

उद्योगमा करिब ३९० जना कर्मचारी कार्यरत छन् ।

१५७ पटक हेरीएको

सम्बन्धित समाचार