काठमाडौं, फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजात विवरण मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले बिहीबार अपराह्न मन्त्री पृथ्वी सुब्बा गुरुङका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर दर्तासम्बन्धी कागजात विवरण मागेका हुन्।
‘हामीले तत्काल विवरण पठाइसकेका छौँ,’ प्रवक्ता ठाकुरले बताए।
यसअघि बिहीबारै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दर्ता तथा सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।
३८७ पटक हेरीएको